२५ असार २०८२, बुधबार

 

आदर्श सञ्चारको राहत तथा श्रद्धाञ्जली कार्यक्रम

बागलुङ, २ माघ
आदर्श सञ्चार सहकारी संस्था बागलुङले आफ्ना शेयर सदस्यको आफन्तको निधनमा आज श्रद्धाञ्जली सभाको आयोजना गरी राहत हस्तान्तरण गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ५ मालिका निवासी संस्थाका शेयर सदस्य रामजी प्रसाद शर्माका पुजनीय पीता रत्नदत्त उपाध्यायकोे ९२ वर्षको उमेरमा भएको निधन प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

कार्यक्रममा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी सहकारीले श्रद्धाञ्जली अर्पण गरेको छ । हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग समेत गरेको छ । आफ्ना शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्ने संस्थाको नीति अनुसार जि.सीका परिवारलाई राहत रकम प्रदान गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको अध्यक्षता तथा पत्रकार सुवास गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung