५ जेष्ठ २०८१, शनिबार

 

बिरालो मार्नेलाई २ वर्ष जेल सजाय !

एजेन्सी । गर्भवती भएको बिरालोलाई मारेको आरोपमा मलेसियामा एक ट्याक्सी चालकलाई २ वर्षको जेल सजाए तोकिएको छ । अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् ।

जनावर अधिकारवादी कानुन व्यवसायी ए मोहनराजले चालकले लापरवाही तरिकाले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए ।

क्वालालम्पुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गएको सेम्टेम्बरमा घटना भएको बेर्नामा नामक समाचार संस्थाले जनाएको छ । बिरालोको हत्यासम्बन्धी दृश्य सीसीटीभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।

एकजना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्