२१ असार २०८२, शनिबार

 

बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगलागी

काठमाडौँंको बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगलागी भएको छ।

शनिबार दिउँसो कोषको भवन ‘डी’ मा आगलागी भएको हो। कोषको मुख्य कार्यालयसँगै रहेको पछाडिपट्टिको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ

अगलागीको खबर पाउनासाथ नियन्त्रणको प्रयास गरिएका कारण ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung