ताराखोला गाउपालिका को आर्थिक सहयोग वडा न ४ मा पर्ने धार्मिक तथा पर्यटकीय स्थल तिनचुले मा आज एक कार्यक्रम का बिच सोलार जडान गरिएको छ।
म्याग्दी र बाग्लुङ को सिमाना मा पर्ने धार्मिक स्थल तिनचुले को मन्दिर परिसर मा सोलार हस्तान्तरण कार्यक्रम मा बोल्दै ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्ती ले गाउँ पालिका भित्र का धार्मिक तथा पर्यटकिय क्षेत्र हरुको बिकास का लागि गाउँपालिका सधै प्रयत्नशील रहने बताउनु भयो । उहाँ ले आगामी दिनमा तिनचुले मा आबश्यक अन्य आबश्यक पुर्बाधार को बिकास का लागि पहल गर्ने समेत बताउनु भयो ।
यस आर्थिक बर्ष मा तिनचुले सङगै ताराखोला गाउँपालिका को गाइघाट झरना मा पनि सोलार जडान गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसाल ले जनाउनु भयो ।
कार्यक्रम मा वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री ने क पा का नेता धन बहादुर खत्री लगायत ले मन्तव्य राखेका थिय ।
२९६५ मिटर उचाई मा रहेको तिनचुले मा प्राकृतिक पोखरी सङ्गै शिव मन्दिर हुमखाडी तपस्वी आश्रम आदि रहेका छन भने त्यहा बाट सुन्दर हिमसृखला हरु , म्याग्दि र बाग्लुङ का विभिन्न भुभाग हरु सहजै दृश्याबलोकन गर्न सकिने वडा न ४ का वडा सदस्य ओम बहादुर घर्ती ले बताउनु भयो ।
विभिन्न घार्मिक आस्था र बिश्वास का साथ उक्त स्थान मा विभिन्न समय मा थुप्र तपश्बिहरु ले पुजा आजा सङ्गै तपस्या गर्ने गरेको सो मन्दिर मा अहिले पनि ८६ बर्षिय वृद्ध तपस्वी बाबा रमानन्द कडेल बस्ने गरेको तिनचुले संरक्षण समिती का अध्यक्ष सम्मर बहादुर भण्डारी ले जानकारी दिनु भयो ।
हस्तान्तरण कार्यक्रम तिनचुले संरक्षण समिती का अध्यक्ष सम्मर बहादुर भण्डारी को अध्यक्षता र सन्चारकर्मि पूर्णभद्र निउरे को संचालन मा सम्पन्न भएको थियो।



















































































































































































































