
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको ७ औं वार्षिक साधारण सभाबाट निर्वाचीत सञ्चालक र लेखा सुपरीवेक्षण समितिको शुक्रवार पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७५ पौष १६ गते सम्पन्न साधारण सभाबाट चण्डिपसाद शर्मा पौडेलको नेतृत्वमा १३ सदस्यीय सञ्चालक समिति र महेन्द्रसिंह रायमाझिको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचीत भएको थियो ।
निर्वाचन उपसमितिका संयोजक अधिवक्ता भुम्शिवर गौतमको अध्यक्षतामा सम्पन्न पदस्थापना कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा सिवाईसी साकोसका सल्लाहाकार वद्रीप्रसाद पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
पदस्थापनाका कार्यक्रमका क्रममा नवनिर्वाचीत अध्यक्ष पौडेलले जिल्लाको सहकारी अभियानलाई उच्च स्थानमा पु¥याउन बचत संघको माध्यमबाट नवनिर्वाचीत समितिले आफ्नो क्षमता र बुद्धीका आधारमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आजकै दिनबाट सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका सम्पूर्ण पदाधिकारी सदस्यहरुले ७ हजार ७ सय ७७ प्रदान गरी सहकारीमा उल्लेख्य कार्य गर्ने संस्था, पत्रकार र व्यक्तिलाई पुरस्कृत गर्ने गरी क्रेडिट युनीयन वर्ष पुरस्कार कोष स्थापना गरेको छ ।
कार्यक्रममा निर्वाचन समिति सदस्य हरिप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।