११ कार्तिक २०८३, मंगलवार

 

बुर्तिवाङ–काठमाडौँ सिधा माइक्रोबस सेवा सुरु

बागलुङ । बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रोबस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार भएको हो ।

धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रोबस सेवा सञ्चालनमा ल्याएको हो । बुर्तिवाङबाट काठमाडौँ र काठमाडौंबाट बुर्तिबाङका लागि दुई÷दुईवटा दिवा माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको धौलागिरि अञ्जल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताए ।
हाललाई बुर्तिबाङदेखि काडमाडौँसम्मको अस्थायी भाडादर प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको छ ।

बागलुङदेखि बुर्तिवाङसम्म ९३ किलोमिटरमध्ये बागलुङ बजारदेखि बिहुँ खण्डको २५ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको विस्तार तथा कालोपत्रे भएपछि ठूलो सङ्ख्यामा यातायातका साधान सञ्चालनमा आएपछि जिल्लाको पश्चिम क्षेत्रमा विकासले गति लिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung