
पर्वत /पर्वत पार्किङ गरेर राखिएको ट्रयाक्टर अचानक गुड्दा एक महिलाको ज्यान गएको छ । अर्को एक जना घाइते भएकी छन्।
पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकको उपल्लो बजारमा काठ लोड भएको ग१त ३५१८ नम्बरको ट्रयाक्टर पार्किङ गरिराखेको ठाउँबाट अन्दाजी २० मिटर भिरालो तर्फ गुड्दा ४२ वर्षीया कमला पौडेलको ज्यान गएको हो ।
पौडलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा जलजला गाउँपालिकाकी ३५ वर्षीया अनिता आचार्य घाइते भएकी छन् । घाइते आचार्यलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ। चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।