५ जेष्ठ २०८१, शनिबार

 

मोबाइलको पासवर्ड नदिएको झोंकमा आगो लगाएर श्रीमानको हत्या

जकार्ता, श्रीमान र श्रीमतीबीच सामान्य विषयमा हुने झगडा कतिसम्म घातक हुनसक्छ भन्ने कुरा इण्डोनेसियामा घटेको ताजा घटनाले देखाएको छ ।

कुरा थियो मोबाइलको पासवर्डको ।

तर गयो ज्यान ।

के थियो त घटना ?

इण्डोनेशियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेको बेला उनकी श्रीमती श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । यही कुरामा झगडा बढ्यो । श्रीमानले श्रीमतीलाई भकुरे यही कुरामा ।

श्रीमती पनि के कम, पर्खि तँलाई देखाउला भन्न भाव उनमा पैदा भयो । उनीहरुबीच झगडा बढेकै बेला श्रीमती इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो ।

पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।

उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ

प्रतिक्रिया दिनुहोस्