३२ असार २०८२, बुधबार

 

जिपी फाउन्डेसन बागलुडको संयोजकमा कँडेल

जिपी फाउन्डेसन बागलुडको संयोजकमा महेन्द्र प्रसाद कँडेल चयन भएको छ । कँडेल नेपाल विद्यार्थी संघ बागलुडको पुर्व अध्यक्ष तथा नेपाली काँग्रेस बागलुडको युवा नेता हुन ।फाउन्डेसनको पर्वतको लागि वसन्तबहादुर सिके , म्याग्दीको लागि अजय मिलन श्रेष्ठ र मुस्ताडको लागि गणेश शेरचन संयोजक चयन भएका छन ।

जिपी फाउन्डेसन गण्डकी प्रदशको संयोजक शारदा पौडेलले ११ वटा जिल्लाको लागि संयोजक तोकेको हो ।फाउन्डेसनले नेपालको राजनैतिक आन्दोलनमा गिरिजा प्रसाद कोइरालाको योगदान ,शान्ति ,प्रजातन्त्र र विकासको क्षेत्रमा काम गर्ने बागलुडको संयोजक महेन्द्र प्रसाद कँडेलले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung