नेपाल ट्रेड युनियन काग्रेस अन्र्तगत नेपाल गृह श्रमिक संघ जिल्ला समिति बागलुङको आयोजनामा ट्रेड युनियन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको राजनितिमा पहुच र चेतना वृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजाना गरिएको हो ।
सो अवसरमा नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रीय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्मा , नेपाल ट्रेड युनियन काग्रेसका जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
नेपाल गृह श्रमिक संघ जिल्ला समिति बागलुङका अध्यक्ष भगवती सापकोटो अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै नेपाली काग्रेस बागलुङका सभापती दिपेन्द्र थापाले मुल्कका हरेक आन्दोलनमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको भन्दै महिला शशक्तिकरण बिना समाज परिवर्तन असंम्भब रहेको बताउनु भएको छ ।
थापाले महिलाहरुले आफुलाई क्षमतावान र आर्थिक रुपमा समेत सवल वनाउन जरुरी रहेको वताउनु भयो ।
कार्यक्रममानेपाली काग्रेसका पुर्व सभापती प्रकास शर्मा पौडेल ,पुर्व राज्यमन्त्री चम्पादेवी खड्का पुर्व कार्यवहाक सभापती जगदिशचन्द्र उपाध्याय ,पार्टी सचिव नवराज पौडेल , महासमिति सदस्य कल्पना हमाल , नेपाली काग्रेस बागलुङका जिल्ला सदस्य लक्ष्मी चापागाई ,जिपि फाउण्डेशका महेन्द्र कडेल ,शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त शर्मा ,नेपाल महिला संघका सचिव उषा पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । नेपाल गृह श्रमिक संघ जिल्ला समिति बागलुङका कोषाध्यक्ष रमा घिमिरेले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव गोमा छन्त्यालले गर्नु भएको थियो ।



















































































































































































































