२४ असार २०८२, मंगलवार

 

गिरिङ्दीखोला लघु जलविद्युत सहकारी संस्थाको साधारण सभा सम्पन्न

कमल पौडेल    

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले विद्युतको परिप्रयोगवाट जिवन स्तर सहजताका साथ उन्नती गर्न सकिने वताउनु भएको छ। सनिवार गिरिङ्दीखोला लघु जलविद्युत सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपप्रमुख भुसालले सो कुरा वताउनु भएको हो। भुसालले भन्नुभयो “११ वर्ष अगाडि लघुजलविद्युत मार्फत गाउँमा विजुली पुर्याउने कार्य आफैमा उदाहरणीय हो, अव परिप्रयोगमा ध्यान दिनुपर्छ ।” व्याक्तिगत आकंक्षा छोडेर सामुहिक हितको लागि स्थानिय लागेको भन्दै भुसालले उपभोक्ताहरुको प्रशंसा गर्नुभएको हो।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का कृष्ण प्रसाद खरेल, नेपाली काग्रेसका डालेश्वर भुसाल, राष्ट्रिय जनमोर्चाका भिमसेन वन, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्थाका सचिव विना थापा, पशुसेवा कार्यालय खर्वाङका प्रमुख महेन्द्रराज पन्थी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो साधारण सभामा लेखा समितिका संयोजक वेद प्रसाद पोखरेलले लेखा प्रतिवेदन, कोषाध्यक्ष सुर्य वहादुर अधिकारीले आर्थिक प्रतिवेदन, सचिव दुर्गादत्त अर्यालले प्रस्तावित वजेट प्रतिवेदन तथा अध्यक्ष वेल वहादुर थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा प्रतिवेदन उपर उठेका प्रश्नहरुको प्रवन्धक नेम वहादुर भुजेलले जवाफ दिनुभएको थियो। सो वार्षिक साधारण सभा कार्यक्रम अध्यक्ष वेल वहादुर थापाको अध्यक्षता उपाध्यक्ष विष्णुमाया अर्यालको स्वागत मन्तव्य तथा सचिव दुर्गादत्त अर्यालको संचालनमा सम्पन्न भएको थियो।


साविक दगातुन्डाडाका स्थानियहरुले सामुहिक प्रयासमा गिरङ्दीखोला लघुजलविद्युत परियोजना मार्फत २०६४ साल कार्तिक २३ गते विद्युत वालेका थिए। ८ सय ८० शेयर सदस्य रहेको परियोजनालाई २०६६ सालमा सहकारीमा रुपान्तरण गरिएको थियो। ८५ किलोवाट क्षमताको सो लघु जलविद्युत वाट साविक दगातुन्डाडा गाविसका ९ सय २० परिवारले प्रत्यक्ष विद्युत उपयोग गरिरहेका छन्।

सोहि लघुजलविद्युत मार्फत एउटा एफएम रेडियो, विद्यालयहरुमा कम्प्यूटर, कुटानीपिसानी मिल, फर्निचर उद्योग, सावुन तथा कापि उद्योग, स्वास्थ्य ल्याव, होटल लगाएत व्यावसायहरु संचालनमा आएका छन्। सोहि सहकारी मार्फत ३५ किलोवाट क्षमताको तल्लो गिरङ्दीखोला लघुजलविद्युत परियोजना पनि निर्माणाधिन रहेको छ। आगामी वर्षसम्म सो परियोजना सम्पन्न गर्ने वताइएको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung