गलकोट । गलकोट नरेठाटीको गौदीखोलामा व्यवस्थित घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गलकोट नगरपालिका २ नरेठाटी र वाड नम्बर ४ डाडाँखेतको संगम स्थल गौदीखोलामा ६ लाखको योजनामा घाट निर्माण अन्तिम चरणमा पुगेको हो । घाट निर्माणको लागि ६ आना जग्गा गरिद गरिएको हो ।
उक्त जमिनमा दुई वटा लास जलाउने वेधी निर्माण गरिएको छ । १ वटा मलामी विश्राम स्थाल निर्माण गरिएको छ । जसमा करिब १ सय बढि मलामी बस्न सक्ने वडा अध्यक्ष हिम बहादुर भण्डारीको भनाई छ ।
त्यस्तै घाटको आडैमा गार्डेन समेत निर्माण गरिएको छ । गार्डेनमा बिभिन्न किसिमका फुलहरु लगाईनेछ उनले भने । उक्त घाटमा नरेठाटीका साबिक ८ वाडका करिब ६ सय स्थानियले शव दहन गर्ने गरेका छन् । हिउँदमाभन्दा पनि बर्षातमा निरन्तर पानी परिरहने हुदाँ मालिमी बस्न र कहिलेकाही २, ३ ओटासम्म शव दहन गनुपर्ने समस्याका कारण घाट ब्यवस्थित गरिएको बताइएको छ ।
त्यस्तै घाटसम्म शव ल्याउन र मालामी आवतजावत गर्न समस्या परिरहेकाले मोटरबाटो समेत निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो । नरेठाटीको झुलुङ्गे पुलदेखि घाटसम्म मोटरबाटो निर्माण कार्य तिब्र पारिएको उहाँको भनाई छ ।
जसले स्थानियलाई सहज तरिकाले आवतजावतमा गर्न सहयोग गर्ने वाड सदस्य भक्त घर्तिले बताउनुभयो । ६ लाखमध्ये ८५ प्रतिशत घाट ब्यवस्थापन र बाँकी मोटरबाटोमा खर्च गरिने वाड कार्यालयले जनाएको छ । घाटको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्थलगत अवलोकन समेत गनुभएको छ ।



















































































































































































































