धौलागिरि अंचल अस्पतालको पुर्व अध्यक्ष रामजी सुवेदीले आफनो जन्म दिनको खर्च आफु पढेको विद्यालयको भवन निर्माणको लागि सहयोग गरेको छ ।बेनी नगरपालिका वडा नं ३ मा रहेको श्री जयन्ती माविको भवन निर्माणको लागि पुर्व विद्यार्थी रामजी सुवेदीले १२ हजार ३ सय ४५ रुपैया सहयोग गरेको छ ।आफु पढेको विद्यालयले नयाँ भवन बनाउन लागेको र त्यसको लागि सहयोग जुटाउन सबैसंग आव्हान गरेको बेला पुर्व विद्यार्थीको नाताले जन्म दिनको रकम विद्यालयको भवन निर्माणको लागि सहयोग गरेको सुवेदीले नयाँ विश्वलाई बताए ।



















































































































































































































