१० कार्तिक २०८३, सोमबार

 

पन्चकोटमा पाचौं धनधान्याचलको तयारी पूरा

बागलुङ नगरपालिका वडा नम्बर ६ पन्चकोटमा फागुन ९ गतेदेखि १५ गतेसम्म हुने पाचौं पन्चकोट धनधान्याचल बिराट श्रीमहायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।महायज्ञ मुल आयोजक समितिले धौलागिरि संचार क्लब बागलुङमा बुधबार पत्रकार सम्मेलन गरेर महायज्ञको सम्पूर्ण तयारी पूरा भएको प्रतिनिधि अध्यक्ष ऋषि स्वामी प्रपन्नाचार्यले बताए ।

महायज्ञको फागुन ९ गते संघिय सांसद देबेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम समितिले तय गरेको बताए ।बागलुङ नगरपालिका वडा नम्बर ६ पन्चकोटमा १०८ फिट अग्लो बिश्वशान्ति कलश तथा ५५५५ केजीको मुक्तिनाथ महाघण्ट बनाउने अभियान लाई सफल पार्न धनधान्याचल महायज्ञ लगाउन लागेको हुदा यसलाई सफल पार्न सबैलाई अनुरोध गरेको स्वामी प्रपन्नाचार्यले बताए ।

पन्चकोटमा निर्माण हुने बिश्वशान्ति कलश निर्माणको लागि समितिले विशेष संस्थापक सदस्य २५ हजार ५ सय ५५ बिशिस्ट संस्थापक सदस्य ५५ हजार ५ सय ५५ देखि २५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ सम्मको आर्थिक सहयोग प्रदान गर्ने लाई संस्थापक सदस्य बनाउने अभियान समेत चलाइरहेको अध्यक्ष स्वामीले पत्रकार सम्मेलनमा भने ।

यसपालिको महायज्ञमा पन्चकोटमा बिश्वशान्ति कलश बनाउन संस्थापक सदस्य बापत ४० लाख जति रकम बागदान गरेको कारणले राम्रो रकम संकलन हुने आशा राखेको जानकारी दिएका थिए ।बागलुङ लाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले अहिले सरकारले बनाएको १०० गन्तव्यमा अहिले बागलुङको पन्चकोट पनि परेको कारणले यसको महत्त्व झन बढ्ने हुदा यसलाई सबैले सहयोग गर्न अनुरोध समेत गरिएको थियो ।

पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष खेम केसीले पन्चकोटको बिकासको लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।२०७१ साल फागुन १ गतेदेखि १५ गते पहिलोपटक स्वामी कमलनयनाचार्य मुक्तिनाथबाबा को सक्रियतामा शुरूवात भएको महायज्ञ प्रत्येक बर्ष नियमितरूपमा संचालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung