२५ असार २०८२, बुधबार

 

पार्टी एकता टुङ्गियो -प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेपाल कमन्युष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता टुङ्गिएको बताउनुभयो ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दे प्रचण्डले देशमा समृद्धि नआएसम्म शहिदको सपना पुरा नहुने भन्दै अहिलेको सरकार समृद्धिका लागि आवश्यक पर्ने सबै कानुन निर्माण गरेको बताउनुभयो ।

उहाँले अबको समय भनेको समृद्धिका लागि निर्माण गरेका कानुनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । देशमा समृद्धि आएमा मात्र शहिदको सपना पुरा हुे भन्दै शहिदहरुलार्य परिचय पत्रको व्यवस्था गर्ने बताउनुभयो ।

प्रचण्डले भन्नुभयो “पार्टी एकिकरणको लागि अब कुनै कशुर बाँकी राख्दैनौ ।” उहाँले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षा बाट वन्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य भएको बताउनुभयो । कार्यक्रममा नेपाल कमन्युष्ट पार्टी (नेकपा ) स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल लगाएतको उपस्थिती रहेको थियो ।
प्रचण्डले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

१५ गते सम्म चल्ने स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले आर्थिक संकलन अभियान समेत सञ्चालन गरिएको छ ।

विद्यालयले शिक्षा प्रेमी, उद्यमी, विद्यालयका वूर्व विद्यार्थी, पूर्व शिक्षक विदालय व्यवस्थापन समिति लगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गर्दा रु.७० लाख बढी संकलन भएको विद्यालयका प्रधानध्यापक थम प्रसाद रोकाले बताउनुभयो ।

विद्यालयले रु. डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्नेर व्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताउनुभयो ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरेपनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले बताएको छ । शिक्षा मन्त्रालयबाट सम्बन्ध प्राप्त लिई कक्षा ११ र १२ मा कृषि तथा भेटेरेनरी विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताउनुभयो ।

स्वर्णमहोत्सव अवधीभर आधारभूत विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता, खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगिता, ताराखोला गाउँपालिका स्तरीय प्राथमिक तह स्तरीय पदम चन्द्र स्मृति हाजिरिजवाफ प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, खुल्ला सामुहिक सांस्कृतिक नृत्य प्रतियोगिता, आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता, अभिभावक पुरुष र महिला रस्साकस्सी प्रतियोगिता, शिक्षक अभिभावक मैत्रीपूर्ण भलिबल लगायतका प्रतियोगिताहरु आयोजना गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung