१० कार्तिक २०८३, सोमबार

 

ओशो अमृतम ध्यान केन्द्रले गर्यो प्रहरी उपरिक्षक रेग्मीको विदाई

बागलुङ जिल्ला प्रहरी कार्यालयबाट काठमाडौं सरूवा भएको प्रहरी उपरिक्षक दिपक रेग्मीलाई ओशो अमृतम ध्यान केन्द्रले विदाई गरेको छ । ध्यान केन्द्रकि सन्चालिका मा अत्मो ज्योत्स्ना शाक्यले प्रहरी उपरिक्षक रैग्मीलाई थप प्रगतिको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु भएको थियो ।

बागलुङ कारागारका बन्दी र प्रहरी जवानहरूलाई सन्चालन गरिएको ध्यान कार्यक्रमको लागि उहाले खेल्नुभएको भुमिका र योगदानलाईओशो ध्यान केन्द्रको अध्यक्ष लिला देवी खड्काले धन्यवाद दिनु भएको थियो ।विदाई कार्यक्रममा प्रहरी उपरिक्षक दिपक रेग्मीले बागलुड बसाई उपलब्धी मुलक भएको र सबै सरोकारवालाको माया र सदभावको लागि धन्यवाद दिनु भयो ।
फोटोः मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung