काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि दुःख ब्यक्त गरेको छ । तेह्रथुम जिल्लाको चुहानडाँडा भन्ने ठाउँमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएका मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घट्नामा परि बुधबार निधन भएको हो ।
मन्त्री अधिकारीको निधनबाट मुलुकले उदीयमान होनाहार युवा राजनीतिज्ञ मान नभएर देशले उदीयमान बिकासप्रमी नेता गुमाएको महासंघले जनाएको छ । मन्त्री अधिकारी पर्यटन ब्यवसायीको आङछिरिङको निधनले पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासंघले जनाएको छ।
दुःखको यस घडीमा मन्त्री अधिकारी सहित शहादत भएका उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर के.सी र सुरक्षाकर्मी अर्जुन घिमिरेको आत्माले शान्ति पाओस् भनी महासंघ मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।



















































































































































































































