११ कार्तिक २०८३, मंगलवार

 

अधिकारी द्वयको स्मृतिमा श्रद्धाञ्जली सभा

बागलुङ। नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड संयन्त्रको आयोजनामा बडिगाड गाउँपालिका २, खर्वाङमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना भएकाे हो।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य प्रेम खरेल र सुनिल शेरचनले तत्कालीन एमालेका नेता समेत रहेका अधिकारीले देशका खेलेको भूमिकाको चर्चा गरेका थिए ।  कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। कार्यक्रम नेकपाका वडिगाड संयन्त्र सदस्य तिर्थमणि भुसालको अध्यक्षता तथा संयन्त्र सदस्य विना थापाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung