७ जेष्ठ २०८१, सोमबार

 

मोदीवेणीधामका शालिग्राम शिला चोर्ने प्रहरी खोरमा

पर्वत । फागुनकाे पहिलाे साता पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन् । प्ररम्भीक अनुसन्धानको क्रममा चोरीमा  संलग्न ४ जना मध्ये प्रहरीले ३ जना पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलन गरेर उनीहरूका बारेमा जानकारी गराएको हाे । पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका ४ बस्ने २८ बर्षिय कसम पुन, वडा नं. ६ बस्ने २९ बर्षिय सुमन गुरुङ र वडा नं. १० बस्ने ३२ बर्षिय लेखबहादुर नेपाली छन्। चोरीका मुख्य योजनाकार धादिङको साविक निलाकण्ड गाविस १० घर भई हाल कुश्मा नगरपालिका ५ बस्ने अञ्जान बराईली भने फरार रहेको उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बतए । गोप्य सूचनाका आधारमा कशम पुन चोरीमा संलग्न रहेको थाहा पाएपछि प्रहरीले गत फागुन २६ गते उनको कोठामा छापा मार्दा बिस्तारामा लुकाईराखेको अवस्थामा एक थान शालिग्राम शिला बराममद भएपछि उनलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको जानकारी गरायाे ।

पुनकै बयानको आधारमा प्रहरीले अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको हो। उनीहरुले बयानका क्रममा फागुन ५ गते राती १ बजेको समयमा नृसिंह मन्दिरको ताला काटेर शालिग्राम चोरी गरेको र जंगलमा लुकाएको बताएका थिए। सोही आधारमा प्रहरीले कुश्मा नगरपालिका ४ मा रहेको कालीगण्डकी छमर्के सामुदायिक बनको जंगलमा ३६ थान शालिग्राम शिला लुकाएको अवस्थामा बरामद गरेको हो।

२०७४ को दफा २४२ अनुसार सार्वजनिक स्थल देवालय वा धार्मिक स्थलहरुमा चोरी गर्नेलाई २ देखि ७ बर्षसम्म कैद, २० देखि ७० हजार रुपैयाँ सम्म जरीवाना वा दुवै सजायँ हुन सक्ने प्राबधान राखिएको छ। नृसिंह मन्दीर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीका अनुसार चोरी भएका शालिग्राम झण्डै ७ सय बर्ष पुराना रहेको अनुमान गरिएको छ। मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीहरुले एउटा शिलालाई १० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्