७ जेष्ठ २०८१, सोमबार

 

स्वरोजगारका लागि सीपमुलक तालिम

बागलुङ। बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङ जिल्लामा क्रियाशिल धौलागिरि ग्रामिण स्रोत विकास केन्द्र(डिआईआरडिसी)ले विगत दुई वर्ष देखि विभिन्न सीप मुलक तालिम संचालन गर्दै आएको छ । ओएनजिडी फिनेल लगजम्र्वरको आर्थिक सहयोगमा चौथो चरणको पुरुषहरुलाई प्लम्बर तथा महिलाहरुलाई सिलाई कटाई तालिम शुरु भएको विकास केन्द्रले जनाएको छ ।

देशमा बेरोजगाराको चरम समस्या भई दैनिक हजारौं युवा विदेशिएको सन्र्दभमा नेपालमानै युवालाई स्वरोजगार बनाउने उद्देश्यले २ वर्ष देखि सीप मुलक तालिम सञ्चालन गर्दै आएको धौलागिरि ग्रामणि स्रोत विकास केन्द्रका अध्यक्ष केवि राना मगरले बताए । ‘श्रमलाई ठूलो सानो भनेर बर्गीकरण गर्दा बेरोजगार बढेको छ,’ मगरले भन्नुभयो ‘सीप भएको मानिस कहिलै भोकै मनुपर्दैन ।’ नेपालले चाहेको समृद्ध सीप र श्रमको उत्कृष्ट मिलनबाट मात्र सम्भवन रहेको बताउदै मगरले मेहनतका साथ सीप सिकेमा स्वरोजगार बन्नेमा आश व्यक्त गरे ।

संस्थाले सन् २०१९ को पहिलो ब्याजको रुपमा ३० जना सिलाई कटाई र २० जनालाई प्लम्बर तालिम दिने विकास केन्द्रले बताएको छ । सिटिईभीटिद्वारा मान्यता प्राप्त तालिम पहिलो चरणमा (लेभल वान)को हुने बताइएको छ । ‘सीप विनाको जनशक्ति बेरोजगार हुनुको विकल्प छैन’ कार्यक्रम प्रमुख शालिकराम शर्माले भन्नुभयो ‘समयको माग अनुसारका तालिम संचालन गरेर सीपयुक्त जनशक्ति तयार गर्नु हाम्रो लक्ष्य हो ।’ संस्थाले गत वर्ष स्न २०१८ मा ११४ जनालाई प्रथम चरणको प्लम्बर तथा टेलरिङ्ग तालिम प्रदान गरेको थियो । तालिममा सहभागी ११४ मध्ये १०७ जना सिटिईभीटिको सीप परीक्षणमा सहभागी भएको थिए जसमध्ये ६० जना सीप परीक्षामा उत्र्तिण हुन सफल भई स्वरोजगार समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्