७ जेष्ठ २०८१, सोमबार

 

ताराखोलामा चन्दा संकलन गरेर सडक विस्तार

बागलुङ । ताराखोलाका स्थानीयबासीले आफैले चन्दा संकलन गरेर सडक विस्तार गरेका छन् । ताराखोला गाउँपालिका–१ का स्थानीयबासीले सहयोग संकलन गरेर माझखर्कदेखि आरुखोलासम्मको दुई किलोमिटर सडक विस्तार गरेका हुन् ।

चालु आर्थिक बर्षको बजेटमा गाउँपालिकाले उपलव्ध गराएको दुई लाख रुपैयाँ बजेटले अपुग हुने भएपछि स्थानीयले चार लाख रुपैयाँ सहयोग संकलन गरेर सडक विस्तार गरेका हुन् । पाँच किलोमिटर सडकमध्ये यसै आर्थिक बर्षमा निर्माण गर्न लागिएको दुई किलोमिटर सडकका लागि रकम अपुग भएपछि चार लाख रुपैयाँ सहयोग संकलन गरिएको सडक निर्माण समितिका अध्यक्ष यमकान्त गैरेले बताए । समाजसेवी धनपती गैरेले सडक निर्माणका लागि एक्लैले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

उनीसहित सडक प्रभावित क्षेत्रका यमकान्त गैरेले ५१ हजार १ सय ५१ , प्रेम प्रसाद गैरे ले १५ हजार, नन्दलाल गैरेले ५ हजार ५ सय रुपैयाँ सहयोगको घोषणा गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले सडक बन्न लागेको खुसी ब्यक्तगर्दै सहयोग गर्ने क्रम जारी रहेको निर्माण समितीका सचिब कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्