२६ बैशाख २०८१, बुधबार

 

नायिका माइलीले किन पोष्ट गर्छिन् नग्न फोटो ?

काठमाडौं । अमेरिकाकी चर्चित गायिका एवं नायिका माइली साइरस कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । पछिल्लो पटक उनी चर्चाको आउनुको पछाडि उनको एउटा तस्बिर छ जुन उनले आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी छिन् ।

तस्बिर यसकारण चर्चामा रह्यो किनभने उनी नग्न थिइन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा शनिबार सेयर गरेकी छिन् ।

तस्बिरमा माइली एउटा मरुभूमीको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घुँडासम्म आउने विनाइल बुट्स र पहेँलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् । फोटोको क्याप्सनमा उनले लेखिन्, ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’

यद्यपि माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छिन् जसले सनसनी मच्चाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्