काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र महिला समुहको नियमित भेलाका अवसरमा स्वास्थ्य शिविर समपन्न भएको छ । शिविर शुक्रबार केन्द्रको कार्यालय सुन्धारा, काठमाडौंमा भएको हो ।
शिविरमा २५ जना सदस्यहरुको परिक्षण गरिएको थियो । चर्मरोग विशेषज्ञ डा. श्रृष्ठता राजभण्डारी श्रेष्ठ र अर्थाे डेन्टिस डा. गुञ्जन कुमार श्रेष्ठले सदस्यहरुको स्वास्थ्य परिक्षण तथा स्वास्थ्य परामर्श गरेका थिए । कार्यक्रमको अध्यक्षता महिला समुहकी अध्यक्ष निर्मला श्रेष्ठ र कार्यक्रम संचालन कोषाध्यक्ष मन्दिरा श्रेष्ठले गरेका थिए ।




















































































































































































































