बागलुङ। लियो क्लब अफ बागलुङ कालिकाका पुर्व अध्यक्ष भुवन कंडेलले नेपालको वर्ष २०१९/२० का लागि प्रथम राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा हुने लियो क्लबको राष्ट्रिय महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएको उनले जानकारी गराए ।
युवाहरुलाई एकतावद्ध गराई सामाजिक विकृतीको अन्त्य, साझा र समावेशी लियोको लागी आफुले लियो जिल्ला परिषद नेपालको उपाध्यक्षमा उम्मेदवारी दिएको कंडेलको भनाई छ। लियोको नेतृत्व सधैं केन्द्रले मात्रै गर्ने परिपार्टी रहेको र मोफसललाई हेर्ने दृष्टीकोण फरक रहेकोले केन्द्र र मोफसल बीच हुने विभेद अन्त्यको लागि आफ्नो उम्मेदवारी दिएको समेत स्पष्ट पारे। आफु नेतृत्वमा पुगेको खण्डमा लियो क्लवहरुको अन्तराष्ट्रिय सहयोग भित्र्याउँदै नेपालका विपन्न तथा पिडित व्यक्तिको उद्धारमा आफु लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष अर्जुन कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका लिडर काजीमान गुरुङ, नरेश कंडेल, गोपाल पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, लियो क्लब अफ बागलुङका मनिस कंडेल, लियो क्लब अफ धौलागिरीका अध्यक्ष सौरभ श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरे ।



















































































































































































































