
बागलुङ । नेपाल नेत्र ज्याति संघ जिल्ला शाखा बागलुङको अध्यक्षमा भरत पुरी निर्वाचित भएका छन् । संघको नावौं साधारण सभा तथा अधिवेशनबाट पुरी सर्वसम्वत रुपमा निर्वाचित भएका हुन् । बुधबार बागलुङमा भएको अधिवेशनबाट अध्यक्ष भरत पुरी सर्वसम्वत रुपमा चयन भएपनि अन्य पदाधिकारीको टुंगो लागेको छैन् ।
नवनिर्वाचित अध्यक्ष पुरीका अनुसार २ महिलासहित १२ जना सदस्य आवश्यक परेपनि ३१ जना सदस्यले इच्छा देखाएपछि पदाधिकारीको टुंगो नलागेको हो । १२ सदस्यका लागि छलफल भइरहेको छ, सकेसम्म हामी सहमतिमै यसलाई टुंगोमा पु¥याउँछौँ, अध्यक्ष पुरीले भने ।
आज भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनकुमारी जिसी, प्रदेश सांसद ईन्द्रलाल सापकोटा, प्रध्यापक डा. डिलबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।