११ कार्तिक २०८३, मंगलवार

 

प्रदेश सरकारले थप्यो, थप ४ दिन सार्वजनिक बिदा

काठमाडौं । प्रदेश–१ सरकारले चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश सरकारले केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको हो ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले २०७६ सालमा जनै पूणिर्मा, उधौली पर्व, मुस्लिमहरुको पर्व इदुल फितर र छठ पूर्वमा सार्बजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेस गरेको प्रदेश पात्रो स्वीकृत गर्दै बृहत्तर विराट विकास क्षेत्र सम्बन्धकमा व्यवस्था गर्न बनेको विधेयक २०७५ संसदमा पेस गर्न स्वीकृति पनि प्रदान गरेको छ । बैठकले प्रदेश सरकारको राजपत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ । प्रदेश राजपत्रमा प्रदेश सरकार तथा स्थानीय तहरुको निर्णयहरु प्रकाशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung