११ कार्तिक २०८३, मंगलवार

 

लियो क्लब अफ काठमाडौं मिराकलको अध्यक्षमा क्षेत्री निर्वाचित

काठमाडौं ।  लियो क्लब अफ काठमाडौं मिराकलको अध्यक्षमा किरण थापा क्षेत्री निर्वाचित भएका छन् ।  साधारणसभाको अवसरमा क्षेत्रीलाई वर्ष २०१९–२० को लागि सर्वसम्मतले निर्वाचित गरेको हो ।

सो अवसरमा अध्यक्ष विधानन्द झाको वार्षिक प्रगति प्रतिवेदन, महासचिव किरण थापा क्षेत्रीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अस्मिता पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । प्रसिडेन्टल सिस्टम भएको हुनाले बाँकी कार्यसमिति अन्तर्राष्ट्रिय लियोको समय तालिका अनुसार मे १४ अघि नै पूर्णता दिने नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung