गल्कोट । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका– ७ मल्म बागलुङले होली पूर्णिमा मेला २०७५ को समीक्षा तथा आय व्यय सार्वजनिक गरेको छ । ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत चैत ३ गतेदेखि ६ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक्रम सहित आफनो ३४ औं वार्षिकोत्सव तथा होली मेला २०७५ आयोजना गरेको थियो ।
आयोजित समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रममा मेलामा आम्दानी नगद ७ लाख ८० हजार ५ सय ४५ भएको छ भने, खर्च ५ लाख ९१ हजार ६ सय ८४ र खुद बचत नगद १ लाख ८८ हजार ८ सय ६१
भएको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले नयाँ विश्वलाई जानकारी दिए ।
समिक्षा कार्यक्रममा २०७५ को होली मेला विगतमा भन्दा धेरै राम्रो, कम खर्चमा स्तरिय मेला, यसपटक मेलामा दर्शकको उल्लेख्य उपस्थिती, सबै कार्यक्रमहरुको व्यवस्थापन पक्ष चुस्त दुरुस्त रहनुका साथै सौहार्द वातावरणमा सम्पन्न भएको समिक्षा सहितको निष्कर्ष निकालेको छ ।
होली मेलाको अवसरमा यस वर्ष संस्थाले कार्यालय परिसरमा सिसिटिभी क्यामेरा जडान गरेको छ । सो अवसरमा मेला सफल पार्न सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, कलाकार, पत्रकार, सञ्चार माध्ययम, खेलाडी, प्रतियोगी, महिला समुहहरु, युवाहरु, दर्शकहरु, प्रायोजक, सहयोगदाता, कार्यसमिति, सल्लाहकार, स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रम घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापाको अध्यक्षता र कार्यवहाक सचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































