१० कार्तिक २०८३, सोमबार

 

मुख मैथुन गरेको अभियोगमा दुई पक्राउ

सिरहा । सिरहामा १० वर्षीया बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सिरहा जिल्लाको धनगढी नगरपालिका–७ वस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका–८ बस्ने २६ वर्षीय जो जो भनिने कृष्ण मण्डल र सोही नगरपालिका–४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। पाहुना बस्न आएका निज बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका–८ स्थितमा रहेको बाबुराम खोलामा लागि मुख थुनी जबरजस्ती अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung