काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी अच्युतम भण्डारी सुप्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बिच प्रमुख सेनानी भण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रवल जनसेवा श्री पदकबाट विभूषित गरिएको हो ।
विस २०३० सालमा काठमाडौंको कुलेश्वरमा जन्मनु भएका प्रमुख सेनानी अच्युतम भण्डारीले नेपाली सेनामा विस २०५२ मा सेवा प्रवेश गर्नु भएको थियो ।
प्रमुख सेनानी भण्डारीले अर्जुन वाण गण ,बागलुडको जिम्मेवारी सम्हालि सक्नु भएको छ ।आफुलाई दिएको जिम्मेवारी कुशलता पुर्वक सम्पन गर्ने भण्डारीलाई गीत ,संगीतको साथै समाजसेवामा पनि रुचि छ ।
मन्त्रिपरिषदको सिफारिसमा संविधान दिवस २०७५ को अवसरमा घोषणा भएको समाजका विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका व्यक्तित्वहरुलाई राष्ट्रपतिबाट मानपदवी तथा पदकबाट विभूषित गरिएको हो ।



















































































































































































































