काठमाडौं । प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ जनसेवा श्री पदकबाट विभूषित भएका छन । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बिच खापुङलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदकबाट विभूषित गरिएको हो ।
विस २०२७ सालमा तेह्थुमको मेनछायम गाउँमा जन्मनु भएका खापुङले विस २०५२ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन ।
मन्त्रिपरिषदको सिफारिसमा संविधान दिवस २०७५ को अवसरमा घोषणा भएको समाजका विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका व्यक्तित्वहरुलाई राष्ट्रपतिबाट मानपदवी तथा पदकबाट विभूषित गरिएको हो ।




















































































































































































































