
बागलुङ। बागलुङ जिल्ला सदरमुकाम स्थित शिवधारा चोकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ ।
नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाले आज राखेको नेपाल बन्दलाई प्रभावित पार्नका लागि शंकास्पद वस्तु राखिएको प्रहरीले आशंका गरेको छ । शिवधारा चोक स्थित होटल शितलको पेटीमा एक मिटर लामो जिआइ पाइपमा खतरा लेखेर दुईवटा तार जडान गरी राखिएको थियो ।
उक्त संकास्पद वस्तु बागलुङ स्थित २३ नम्बर बाहीनि अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगि डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले बताउनुभयो ।
बागलुङ बजार संकास्पद वस्तु फेला परेसगैँ बजार, शिक्षण संस्था, यातयात पूर्ण रुपमा बन्द भएका छन् ।