काठमाडौं। पोखराको नदीपुरस्थित गण्डकी प्रदेशसभा भवन गेट अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय गर्ने क्रममा डिस्पोज टोलीका सदस्य घाइते भएका छन्।
शंकास्पद वस्तु निष्क्रिय बनाउने क्रममा डिस्पोजल टोलीका सदस्य कालिभञ्जन गण रत्न मन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका हुन्।
हातमा चोट लागेका घाइते थापाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।
आज बन्द आव्हान गरेको दिन भेटिएको शंकास्पद वस्तु नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।



















































































































































































































