१० कार्तिक २०८३, सोमबार

 

प्रदेश सांसदद्वारा बाढी ग्रस्त क्षेत्रको अवलोकन

बागलुङ। बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीको बाढी ग्रस्त क्षेत्रको बुधबार अवलोकन गर्नुभएको छ । दुदीलाभाटीमा गत बैशाख १ गते परेको अविरल वर्षाले बाढी तथा असिनापानीले अन्नपातमा पु¥याएको क्षतिका बारेमा जानकारी लिनका लागि सांसदद्वय बाढी ग्रस्त क्षेत्रमा पुग्नुभएको हो ।

मंगलबार बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानाकर्षण गरेपश्चात सांसदद्वय बाढीको ग्रस्त क्षेत्रको अवलोकन गर्न पुगेका हुन् ।

सांसदद्वयले बाढी क्षति पु¥याएको घर, सडक, विद्यालय, साना लघु जलविद्युत, खानेपानी, सिचाई, केन्द्रिय विद्युत लाईन लगायतको स्थलगत अवलोकन गर्नुभएको जानकारी दिनुभयो । स्थलगत अवलोकन पछि सांसदहरुले तत्काल क्षतिको मुचुल्का सहितको विवरण उपलव्ध गराउन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

राहतका लागि सम्बन्धित सबैमा अधिकतम पहल गर्ने सांसद चन्द्र बहादुर बुढाले बताउनुभयो । तत्कालै संबोधन गर्न सक्ने विषय तत्काल संबोधन गर्ने र खानेपानी, सडक तथा बाढी, तथा विद्युत व्यवस्थापनका लागि सम्बन्धीत मन्त्रालयमा आग्रह गर्ने अर्का सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो । बाढीका कारण गलकोटको दुदीलाभाटी क्षेत्रमा मात्र रु.पाँच करोडको नोक्सानी गरेको नगरपालिकाले अनुमान गरेको छ ।

वर्षा पछिको बाढीका कारण गलकोटको दुदिलाभाटीमा रहेको गौदिखोला लघु जलविद्युत पहिलो, दोस्रो र चौथो आयोजनामा क्षति पु¥याउँदा विद्युत सेवा अवरुद्ध बनेको छ भने हटिया–दुदिलाभाटी जोड्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट करिव दुई दर्जन गोठ तथा घरमा आंशिक क्षति पु¥याएको गलकोट नगरपालिकाले जनाएको छ ।

बाढीका कारण एक वंगुर र्फम, झुलुङ्गे पुल लगायतमा समेत क्षति पु¥याएको वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले बताउनुभयो । दुदिलाभाटीको सय रोपनी भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung