बागलुङ। सामाजिक संस्था घुम्टे युवा परिवार मल्म, बागलुङले गलकोट नगरपालिका ९ छिसका बेसहारा वृद्ध दम्पतिलाई खाद्यान्न र ओछ्यान सेट सहयोग गरेको छ ।
संस्थाका सल्लाहकार संयोजक एवं वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष उपस्थितिमा छिसका ७८ वर्षिय चन्द्र बहादुर रामजाली उनकी श्रीमती ८० वर्षिय सरस्वती रामजालीलाई खाद्यान्नको साथै ओछ्यान सेट प्रदान गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

१० हजार बराबरको उक्त सामाग्री रामजाली निवासमै पुगेर सहयोग गरिएको अध्यक्ष थापाले बताउनु भयो । बेसहारा रामजाली परिवारलाई दिनहुँ छाक टार्न मुस्किल हुदै आईरहेको र यसले थोरै भएपनि राहत पुग्ने स्थानिय पत्रकार मित्र खरेलले बताउनु भयो ।
रामजाली परिवार सरकारले प्रदान गर्ने वृद्ध भत्ताकै भरमा जीवन बिताईरहेको समाचार संचार माध्यममा आएपछि खाद्यान्न तथा कपडा सहयोग गरेको संस्थाका कार्यवहाक सचिव प्रकाश थापाले बताउनु भयो । वि.सं २०४१ सालमा स्थापना भएको संस्थाले सामाजिक काम र युवाहरुको व्यक्तित्व विकासमा रचनात्मक कार्य गर्दै आइरहेको छ ।
वृद्ध दम्पत्तिलाई भुपूर्व सैनिक कल्याण संघ गनपा ,मल्मले पच्चिस सय रुपैँया सहयोग गरेको छ ।



















































































































































































































