बागलुङ । महिला हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले मंगलबार सुत्केरी पाेषण भत्ता प्रदान गरेको छ । संस्थाले एक कार्यक्रमका बिच महिला शेयर सदस्य बा.न.पा-१० भकुण्डे घर भई हाल बा.न.पा-३ निवासी जालिमाया थापालाई सुत्केरी पोषण भत्ता प्रदान गरेको हो ।
संस्थाका प्रवन्धक चन्द्रा कार्की र बजार प्रमुख दुर्नकला शर्माले अस्पताल मै गएर सुत्केरी पोषण भत्ता प्रदान गरेका हुन्। आफ्ना शेयर सदस्य खुशीयाली हर्ष, बधाई तथा सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत सो भत्ता प्रदान गरिएको हो।



















































































































































































































