दोलखा । छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन्। अपांगता भएको छोराको हत्या आरोपमा शैलुङ गाउँपालिका–४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी पक्राउ परेका हुन्।
हिड्ँडुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई फोहोर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहोर गरेपछि उनले छोरा बेदबहादुरको टाउकोमा हथौडाले हानेर हत्या गरि कम्बलमा पोको पारेर खहरे खोलामा फालेको प्रहरीले जनाएको छ।



















































































































































































































