१३ कार्तिक २०८३, बिहीबार

 

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

प्रतिकात्मक तस्बिर

चितवन । भरतपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ५ का ४५ वर्षीय धर्मराज अधिकारीको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४५ वर्षीय श्रीमतीसँगै ना १८ प १००१ नम्बरको मोटरसाइकलमा सवार थिए । सो क्रममा विपरित दिशाबाट आइरहेको ना ७ ख २२६९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

घाइते  कमलाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोशित भएका स्थानीयले चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै नारावाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung