१३ कार्तिक २०८३, बिहीबार

 

दिल-गंगा प्रधान स्मृति पुरस्कार प्रदान

बागलुङ । दिल-गंगा प्रधान स्मृति काेष बागलुङकाे १३ औं पुरस्कार एवं सम्मान कार्यक्रम बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच सम्पन्न भएको छ। पृथ्वीनारायण क्याम्पस पाेखराका पुर्व उप-प्राध्यापक राधेश्याम कमाराे र शैक्षिक क्षेत्रमा उल्लेख्य भुमिका खेलेका धिर प्रताप सिंहलाई स्मृति काेषका तर्फबाट बागलुङ नगरपालिकाका मेयर जनकराज पाैडेलले प्रमाणपत्र र दाेसल्लासहित सम्मान गरेका थिए ।

विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक स्वर्गीय दिलप्रसाद प्रधान र श्रीमती गंगा देवि प्रधानकाे स्मृतिमा विद्यामन्दिर माध्यमिक विद्यालयबाट एसईई परिक्षामा उच्चतम अंक ल्याउने सुस्मिता शर्मा र लेखानी माध्यमिक विद्यालयबाट उच्चतम अंक ल्याउने सरिता श्रेष्ठलाई जनही ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनक राज पाैडेल, सम्मानित व्यक्तित्व राधेश्याम कमाराे र धीर प्रताप सिंह, तेज – रत्न स्मृति संस्थाका संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारी, वरिष्ठ अधिवक्ता पध्मनाथ शर्मा, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, समाजसेवी देवबहादुर श्रेष्ठ, साहित्यकार प्रेम छाेटा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष लगायतका वक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रमकाे अध्यक्षता दिल-गंगा प्रधान स्मृति काेषका अध्यक्ष काजी राेशनले गरेका थिए भने स्वागत जगन्नाथ आचार्य र कार्यक्रम संचालन सचिव अगम पालिखेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung