१३ कार्तिक २०८३, बिहीबार

 

बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारी लाेकबहादुर क्षेत्री 

बागलुङ । गृह मन्त्रालयले  काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी लाेकबहादुर क्षेत्रीलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएर पठाएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई अध्यागमन विभागमा सरूवा गरेपछि गृह मन्त्रालयले क्षेत्रीलाइ पठाउने निर्णय गरेको हो । मन्त्रालयले खरेललाई २०७५ साल जेठ १० गते बागलुङको कामु प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएर पठाएको थियो।

सरकारले बागलुङ लगायतका १७ जिल्लामा सहसचिवलाई प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिने निर्णय गरेपनि अहिलेसम्म उपसचिवलेनै उक्त  जिम्मेवारी दिएर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung