बागलुङ । ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि यो दिवस मनाँइन लागिएको हो ।
विश्व प्रेस स्वतन्त्रका दिवसका अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पनि अन्तरक्रिया गरेको छ । महासंघले पत्रकारका अधिकार र अभ्यासका विषयमा अन्तक्रिया गरेको हो ।
सो अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय सदस्य किरण आचार्य, प्रगतिशिल पत्रकार संघको केन्द्रीय सदस्य तारा शर्मा, नेपाल पत्रकार महासंघ बागलुङकी सल्लाहाकार कोपिला कंडेल, नेपाल पत्रकार महासंघ बागलुङको पूर्व अध्यक्ष मुकेश राजभण्डारी, रामबहादुर जिसी र नागरिक समाजका संयोजक काजी गाउ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सदस्य नारायण रिजालको स्वागत र सहसचिव नविन शिशिर विकको रहेको थियो ।



















































































































































































































