१३ कार्तिक २०८३, बिहीबार

 

प्रहरीमा जिम्मेवारी हेरफेर

- महानगरीय परिसरमा सुवेदी, महाशाखामा थापा

काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी उत्तम सुवेदी र अपराध महाशाखामा सहकुल थापालाई प्रमुखको जिम्मेवारी दिएको छ ।

सुवेदी यसअघि केन्द्रीय प्रहरी प्रवक्ता थिए । यसअघि परिसरमा रहेका एसएसपी वसन्त लामालाई लागुऔषध नियन्त्रण ब्युरोमा सरुवा गरिएको छ ।

गृहले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहलाई प्रधान कार्यालयअन्तर्गत तालिमसेवा निर्देशनालयमा सरुवा गरेको छ ।

महाशाखामा ल्याइएका एसएसपी थापा यसअघि प्रदेश १ को तालिम केन्द्रमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung