८ कार्तिक २०८३, शनिबार

 

धाैलागिरी फाेहाेर व्यवस्थापन सहकारीद्वारा व्यवसायी पुष्पमान श्रेष्ठलाई स्वागत

बागलुङ । धाैलागिरी फाेहाेर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड बागलुङले काठमाडौंका सफल व्यवसायी पुष्पमान श्रेष्ठलाई एक कार्यक्रम गरी स्वागत गरेको छ।

श्रेष्ठले उक्त सहकारी र बागलुङ नगरपालिका बिच निभाउनुभएको समन्वयकारी भुमिकाको कदर गर्दै सहकारीले एक कार्यक्रम गरी स्वागत गरेको हो।

बागलुङ नगरपालिका भित्र फाेहाेर व्यवस्थापनकाे काम गर्दै आएकाे सहकारीलाई नयाँ व्यवस्थापनका साथ अगाडि बढाउने उद्देश्यले सफल व्यवसायी पुष्पमान श्रेष्ठलाई स्वागत गर्न पाउँदा खुशी लागेको धाैलागिरी फाेहाेर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीका संरक्षक पध्मचन्द्र राजभण्डारीले बताए ।

कार्यक्रममा सफल व्यवसायी पुष्पमान श्रेष्ठले सहकारीलाई सहकारीकाे भावना अनुसार चलाउन सकेको खण्डमा यसले सबैलाई फाइदा पुग्ने बताए । सहकारी यतिबेला सिमित मान्छेकाे मागी खाने भाँडो भइरहेको हुँदा यसलाई अब अन्त्य गर्न जरुरी रहेको श्रेष्ठले बताए । सहकारी महत्त्वपूर्ण उद्देश्यका साथ स्थापना हुने भएतापनि तर त्यस अनुसार प्रभावकारी काम नहुँदा कतिपय सहकारीहरु असफल भएको उदाहरण समेत व्यवसायी श्रेष्ठले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सहकारीका सचिव किरण थापा राखेका थिए भने सहकारीकाे अहिलेसम्मकाे प्रगति विवरण सल्लाहकार भीमसेन पन्तले प्रस्तुत गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष सुधिर श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

सहकारीले बागलुङ नगरपालिकाकाे वडा नम्बर १,२,३,र ४ का ३ हजार ४ सय उपभोक्ताका घरबाट ३ वटा ट्रायक्टर संचालन गरी फाेहोर संकलन गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung