बागलुङ। लागू पदार्थ सेवन तथा ओसार पसार गर्ने एक युवकलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. १ रामरेखा स्थित सार्वजनिक स्थानमा लागू औषध लिएर हिँडेको सुराकीको आधारमा प्रहरीटोलीले खोज तलास गरेर बानपा २ बस्ने वर्ष ३३ को सन्तोष बस्नेत भन्ने एडिसन बस्नेतलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले फेनारगन २४ एम्पुल, डाईजापाम २८ एम्पुल र नुरफिन २६ एम्पुल गरी ७८ एम्पुल फोला पारेको प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । पक्राउ परेका युवकलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको कसुर प्रमाणित भएमा लागू औषध ओसारपसार नियन्त्रण ऐन अनुसार कारवाही हुनेछ ।



















































































































































































































