
गलकोट । अदालतमा धाउनुपर्ने मुद्दा स्थानीय तहमै समाधान हुन थालेको गलकोट नगरपालिका न्यायिक समिती संयोजक रेनुका काउचा मगरले बताएकी छन् । बिगतका दिनमा गलकोटबासी सानो बिवादको समाधानको लागि पनि जिल्ला धाउनुपर्ने बाध्यता थियो काउचाले भनिन्, अहिले न्यायिक समितीले त्यस्ता विवादहरु स्थानीय तहमै मिलाउदै आएका छ ।स्थानीय तहमा विवाद मिलाउदा कम खर्च, समय र जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ ।
गलकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आयोजना गरेको मेलमिलाप सम्बन्धि जागरण कार्यक्रममा बोल्दै काउचाले यस्तो बताएकी हुन् । हामी अहिले अदालतकै अनुसार विवाद मिलाउने गरेका छौ, न्यायिक समितिमा आएका निवेदनका आधारमा मेलमिलाप गराउँदा अधिकाशंले न्याय पाएको अनुभुति गरेकोसमेत संयोजक काउचाको भनाई छ ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, गलकोट नगरपालिका– ६ का वडाध्यक्ष नरबहादुर खत्री, ९ का वडाध्यक्ष तेजबहादुर थापा, नगरकार्यपालिका सदस्य रत्ना अधिकारी, राधिका पुन, गलकोट नगरपालिका नेपाली काँग्रेस गलकोट नगर उपसभापति ढालिन्द्रप्रसाद गौतम, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य विष्णु कँडेल र महिला स्वास्थ्य स्वयसेविका लक्ष्मी खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।