३ जेष्ठ २०८१, बिहीबार

 

ताराखोलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियाे

पूर्णभद्र निउरे

ताराखोला । गाउँपालिकाको आयोजनामा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न माध्यमिक तहको ३ हजार मिटरको छात्र दौडमा दुर्गा भवानी माबिका मिलन थापा मगर प्रथम , नेपाल माबीका ईश्वर परियार द्धितीय र अर्गल माबिका चिरञ्जीवी कंडेल तृतीय भएका छन ।

त्यस्तै छात्रा तर्फ प्रजातन्त्र बिकास माबिकी लक्ष्मी दर्जी प्रथम , दुर्गा भवानी माबिकी सुशिला कंडेल द्धितीय र नेपाल माबिकी बिपना खत्री तृतीय भएका छन। त्यसैगरी आधारभुत तहको लङजम्प तर्फ छात्रामा जनप्रेम माबिकी सुस्मिता बि क, दुर्गा माबिकी मेलिना घर्ती र काक्राखोर आधारभूत विद्यालयकी बिपना भण्डारी, छात्र तर्फ दुर्गा भावानी माबिका बिनोद दर्जी , प्रजातन्त्र बिकास माबिका पूर्ण बिक र बराह खोला आधारभूत विद्यालयका दिलीप बगालेले क्रमश प्रथम द्धितीय र तृतीय भएका छन् ।

आधारभुत तहकै हाइजम्प प्रतियोगितामा छात्रा तर्फ दुर्गा माविका बिनोद दर्जी, नेपाल माविका थमन परियार ,प्रजातन्त्र बिकास माविका भुपेन्द्र रोका छात्रा तर्फ जनप्रेम माविका बुद्धि गुरुङ, प्रजातन्त्र विकास माविका लक्ष्मी पुन र दुर्गा भवानी माविका मेलिना घर्ती क्रमश प्रथम द्धितीय र तृतिय भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन समिती का संयोजक कुलबहादुर रोकाले जानकारी दिए ।

त्यसै गरि प्राथमिक तहको ४ सय मिटर छात्र दौडमा मालारानी आधारभूत विद्यालयका दीपेन्द्र कडेल , त्रीशुली प्राविकी झरन घर्ती, लावाङ प्राविका बलबहादुर घर्ती त्यस्तै छात्रा तर्फ लावाङ प्राविका बिजया घर्ती ,जुल्फे प्राविका रमिला दर्जी र नेपाल माविका निक्की पाण्डेले क्रमश प्रथम द्धितीय र तृतीय स्थान हासिल गरेका छ्न् ।

पुरस्कार वितरण कार्यक्रम मा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले समयमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीहरुलाई शिक्षण सिकाइको अलवा खेल क्षेत्र पनि उत्साह पैदा हुने बताए ।

कार्यक्रममा ताराखोला गापाका प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद शर्मा , शिक्षा शाखा संयोजक उमानाथ अधिकारी, नेपाल मावि ताराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्री लगायत ले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्