१३ कार्तिक २०८३, बिहीबार

 

जेठाजुले किन गरे खुकुरी प्रहार गरी बुहारीकाे विभत्स हत्या (भिडियो)

काठमाडौं । ललितपुर महानगरपालिकाको ढोलाहिटीमा जेठाजुद्वारा बुहारीको हत्या भएको छ । संयुक्त परिवारमा बस्दै आएका डोलाहिटीका जेठाजु उज्वल महतले भाइ बुहारी अञ्जनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

पानीको हाहाकार हुने ढोलाहिटीमा घरका सदस्यहरु पानी लिन गएको तथा बुहारी अञ्जना मात्रै घरमा भएको मौका पारी जेठाजु उज्वलले खुकुरी प्रहारी गरी हत्या गरेका हुन् ।

माथिल्लो तल्लाबाट अनौठो आवाज आएपछि भाडामा बस्ने एक महिला हेर्न जाँदा अञ्जनाको हत्या भइसकेको थियो । प्रत्यक्षदर्शी ति महिलाका अनुसार रगतले लत्पतिएको कपडा र रगतको छिर्काले भरिएको अनुहारसहित हत्यारा उज्वल बरण्डामा बसिरहेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि तुरुन्तै घटनास्थल पुगेको प्रहरी टोलीले खुकुरी लिएर बसेको अवस्थामा हत्यारा उज्वललाई पक्राउ गरी अनुसन्धान शुरु गरिरहेको छ । घटनास्थलबाट दुई थान खुकुरी तथा क्षतविक्षत अवस्थामा अञ्जनाको शव फेला परेकाे थियाे ।

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ।  बुहारीकाे घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका थिए ।

अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन्।

भिडियाे

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung