१३ कार्तिक २०८३, बिहीबार

 

केन्द्रिय बिद्युत प्रसारण लाइन विस्तार गर्दा अवराेध

काठमाडाैं । जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्ग बजारसम्म चालु आर्थिक बर्षको असारसम्म ल्याउन लागिएको ११ केभी प्रसारण लाइन विस्तारको क्रममा सेरा फाँटमा विवाद भएकाे छ  । बिद्युत प्राधिरकण आयोजनाले आफुहरुसँग  समवन्य नगरी खेतियोग्य सेरा फाँटको विचबाट पोल गाडेपछि विवाद भएकाे हाे ।

स्थानीय बासिन्दाले गाडिएको करिब एक दर्जन पोल उखेलेर फालेका छन् । खप्तरीबाङ्गसम्म मध्यपहाडी लोकमार्ग हुँदै सिधा लिइएको बिद्युत लाईन बजार नजिकै सेरा फाँटमा लिएर घुमाइएको र आफुसँग कुनै समवन्य नगरेकाले पोल उखेलेर फालिएको स्थानीय गोविन्द खत्रीले बताए । ढोरपाटन नगरपालिका र जनप्रतिनिधीले समेत  समवन्य नगरेको बताए । करिब ४० जनाको सहभागितामा गएका स्थानीयले गाडीएको तार सहितको पोल उखेालेर फालेका छन् । उहीरुले आफनो जग्गामा मनोमानी पोल गाडेकाे र भविस्यमा घर बनाउन नमिल्ने भएकाेले त्यसाे गरेकाे जनाएका छन् । पोलको दाँया बाँयाको जग्गा विक्रि गर्न नपाइने, बैँकले कर्जा नदिने जस्ता बिषयमा आफुहरुलाइ समस्या हुने भन्दै पोल ढलाइएको एक स्थानीयको भनाइ छ ।
यस बिषयमा केन्द्रिय प्रसारण लाईन विस्तारको ठेक्का पाएका रेशम गौतमले बताए ।

ढोरपाटन नगरपालिका वडा नं.२ का अध्यक्ष युवराज महतसँग सम्पर्क राख्दा आफुलाई यस बिषयमा कुनै जानकारी नभएको बताए । उनले  विकास निर्माणमा सबैले साथ दिनुपर्ने पनि बताए । नेपाल बिद्युत प्राधिकरण बागलुङ्ग शखाका प्रमुख कपिलमणि पाण्डेसँग सम्पर्क गर्दा उनले स्थानीयबासीसँग समवन्म्मोय नभएका कारण उक्त समस्या आएको हुन सक्ने बताए । असार १५ गतेसम्म बिद्युत बाल्ने म्याद लिएर कम्पनीले काम अगाडी बढाइरहेको छ । यस वर्ष असारसम्म बुर्तिबाङ्गमा विधुत बालेपनी अन्य क्षेत्र निसीखोला ,तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको अन्य वडाहरुमा समेत चाँडै बिद्युत पुर्याइने लक्ष्य रहेको पाण्डेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung