७ जेष्ठ २०८१, सोमबार

 

पाँचथर हत्या प्रकरण : ज्वाइँ माखिमले गरे आत्महत्या

काठमाडौं । मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा युवकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार स्थानीय शव मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्था फेला परेको हो ।

हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ रहेको प्रहरीले जनाएको छ । ९ जनाको विभत्स हत्यापछि ज्वाइँ मानबहादुर माखिमले आत्महत्या गरेको आशंका छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरार वस्तीले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्