३ श्रावण २०८३, आईतवार

 

पाँचथर हत्या प्रकरणमा उब्जिएका सात प्रश्न ?

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ ।

दुई परिवारको हत्यामा अर्का ज्वाइँ मानबहादुर मोखिमको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ । तर, मानबहादुर पनि मूख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ । तर, सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेको नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे ? प्रहरीले जवाफ दिन बाँकी छ । नयाँ पत्रिकाले समाचार छापेको छ ।

उब्जिएका सात प्रश्न

१. नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे ? \

२. सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ?

३. खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन ?

४. मात्र एकजनाको खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन्?

५. हत्यारा ठानिएका मानबहादुरको पनि ‘आत्महत्या’ तर तीनवटा टिसर्टमा रगत

६. हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा

७. खुकुरीले हानेर नौजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung